शिक्षक साथीहरु,
तलका प्रश्नहरुको आधारमा आफूले आफैंलाई मूल्याङ्कन गरौं । आफ्नो पेशागत सक्षमता आफैंले पत्ता लगाऔं । त्यसको आधारमा स्थानीय, प्रादेशिक, राष्ट्रिय तथा अन्तराष्ट्रिय तहमा सम्मानित एवं पुरस्कृत हुने कुराको दावी गरौं । आफ्नो कमी कमजोरीहरु भए तिनको पनि पहिचान गरौं । यसरी महसूस गरिएका कमि कमजोरीहरु हटाउन चाहेमा सहयोग गर्ने व्यक्ति तथा संघ संस्थाहरु पनि छन् । तिनीहरुसँग सहकार्य गरौं । अनि आफूलाई एक्काइसौं शताब्दीको सम्मानित शिक्षक बनाऔंं ।
प्रश्नावलीमा १३ वटा खण्ड छन् । प्रत्येक खण्ड आफैंमा पूर्ण छन् । त्यसैले निश्चित खण्डमा मात्र स्वमूल्याङ्कन गरे पनि हुन्छ । सबै खण्डमा स्वमूल्याङ्कन गरे पनि हुन्छ । सो कार्य सहज छ । आफूलाई मूल्याङ्कन गरी उत्तरका विकल्प छाने हुन्छ । कति प्रश्नहरु दोहोरिए जस्ता लाग्न सक्छन् । ती कति अवस्थामा शिक्षकका वर्तमान आवश्यकताहरुलाई जोड दिने अभिप्रायले पनि त्यसरी राखिएका छन् ।
हरेक खण्डका प्रश्नमा ११ वटा आधार र ४ वटा वैकल्पिक क्रमागत उत्तर छन् । सधैँ गर्नुहुन्छ भने ४ र बिरलै गर्ने वा कहिल्यै गर्नु भएको छैन भने १ अङ्क दिनु होस् । धेरै जसो गर्ने गरेको छु भन्ने लाग्छ भने ३ र कहिले कहीँ मात्र गर्नु हुन्छ भने २ अङ्क दिनु होस् । तपाईंले प्रश्नावली भरि सके पछि तपाईंको जम्मा अङ्क र त्यसको मतलब पाउनु हुने छ ।
कम्प्युटरमा तपाईले अघिल्लो पटक गर्नु भएको स्वमूल्याङ्कनको अङ्क पनि बसिरहेको हुन्छ र आफ्नो पछिल्लो अङ्कसँग तुलना गर्न सक्नुहुन्छ । आफ्नो प्रदेश वा पालिकामा यो स्वमूल्याङ्कन गर्ने मध्येहरुमा आफ्नो स्थान पनि हेर्न सक्नुहुन्छ ।