बोलेर, प्रश्न गरेर नथाक्ने निशा एकोहोरो टोलाएर बसेको देखेर उसको आमालाई चिन्ता लाग्न थालेको थियो । कक्षा २ को वार्षिक परिक्षा दिई सकेर विदा हुने बेला सम्म त ठिकै थिई तर पछि भने संसार भर फैलिएको कोरोनाले नेपाल पनि अछुतो रहन सकेन । जसका कारण पसल, कार्यलय सबै बन्द हुन पुग्यो । साथै उ पढदैै गरेको स्कुल पनि ।
विदाका केहि दिनहरुमा त निशा खुशी थिई । साथीहरु सँग खेल्न जान्थी । घरमा उस्को सानो बैनी पनि थिई उस्लाइ पनि साथमा लैजान्थी । साथीहरु पनि खुशी हुन्थे उ सँग खेल्दा । घरमा सबै भन्दा ज्यादा बोल्ने पनि उही थिई । घरमा मात्र कहाँ होर शिक्षकहरु पनि भन्ने गर्थे, स्कुलमा नि सबै भन्दा अगाडी छे । भनेको कुरा टपक्कै टिप्छे । सधै प्रथम हुन्छे । सरसफाई र अनुशासनमा नि सबै भन्दा अगाडी छे । जिज्ञासु छे । कहिले काहि त यति प्रश्न सोध्छे कि हामीलाई पनि हैरान बनाउछे ।
उसको बानी ब्यहोरा देखेर आमा बाबा पनि सन्तुष्ट थिए । आमा त झन कुनै आमाभेला पनि छुटाउदिन थिइन । छोरीको नियमितता, अनुशासन र सरसफाईको पुरस्कार स्वरुप काटा, लेबेन्टि, टिका हरेक मासिक आमा बैठकमा पाउथिन । साथै छोरीले पुरस्कार हरेक वर्षको अन्त्यमा पाउँथी । तर अचानक करिब दुई अढाइ महिना देखि एकोहोरी भएकी छे निशा । कसैसँग नि कुरा गर्दिन । खेल्न पनि जादिन । झटट हेर्दा बिरामी पनि केहि देखिदैन । यि याबत कुराहरुले उसको आमालाई भने चिन्ता हुन थालेको थियो ।
एकदिन खेतको आलिमा हतारहतार गरेर हिडदै गरेको शिक्षकलाई देखिन । अब छोरीको बारेमा शिक्षकलाई नै सुनाउनु प¥यो भन्ने बिचार गरेर बोलाइन । आनाकानि गर्दै शिक्षक आउनु भयो । सबै कुरा सुनिसकेपछि शिक्षकलाई पनि अचम्म लाग्यो । के भएछ त भनेर निशाको नजिक जानुभयो । अनि उ सँग कुरा गर्न लाग्नुभयो ।
धेरैबेर पछि निशा अचानक रुन लागि । अनि भन्न लागि, सबै साथीहरूले भर्ना गरेर किताब ल्याइसके । मेरो पनि भर्ना गरिदिनु भनेको गर्दिनु भएको छैन । म सँग ३ कक्षाको किताब पनि छैन । नयाँ किताब हेर्न मन लागेको छ । घरमा पढन नि पाएको छैन । सधै हाजिर मेरो धेरै हुन्थ्यो । अब त मलाई सुमनले जित्छ । पढेको छैन, परीक्षामा नि लेख्न सक्दिन । साथीहरुले नि किताब देखाउदैनन । धेरै दिन भैसक्यो स्कुल जान नपाएको । मलाई स्कुल जान मन लागेको छ ।
शिक्षकको आँखा आसुले भरीए । बन्द छ भनेर हामी भने घरमा बिदा मनाएर बसेका छौ तर यति सानो बाल मस्तिष्कमा बन्दले कति ठूलो असर पु¥याएको रहेछ । हामीले आफ्नो गाउँको बालबच्चा र अभिभावक सम्म पुग्न आवश्यक ठानेनौ । अब यस्तो हुनदिन हुदैन । शिक्षकको मनमा नराम्ररी चोट लाग्यो । साथै असारको पहिलो हप्तामा भर्ना खुलेको कुरा सुनेदेखि पटक पटक भर्ना गरिदिन आग्रह गरेको कुरा निसाको आमाले सम्झिन । उसलाई पछुतो लाग्यो ।
यस घटना पछि निशाको आमाले भर्ना गरेर किताब ल्याइदिइन र शिक्षकहरु पनि हप्तामा एक पटक गाउँमा गई विद्यार्थीलाई भेटने, केही सिकाउने र एक हप्ताको लागि गृहकार्य दिने जस्ता वैकल्पिक प्रणाली अपनाउन थाले ।