भोट कसलाई ?  जसले शिक्षा मेरो प्राथमिकताभन्छ, उसलाई !!विद्यालय शिक्षा विधेयक कहिले आउँछ ?When will the School Education Bill be passed ?

सार्वजनिक शिक्षाका सवालमा शिक्षा पत्रकार र विज्ञहरुको अन्तर्क्रिया

jhule3

सार्वजनिक शिक्षाका सवालमा शिक्षा पत्रकार तथा विभिन्न विषयका विज्ञहरुको अन्तर्क्रिया सम्पन्न भयो । एडुखबर डट कम र शिक्षा निति तथा अभ्यास केन्द्रको सहकार्यमा यो अन्तर्क्रिया आयोजना गरिएको हो । कार्यक्रम अन्तर्गत जहरसिं पौवामा अवस्थित कालिका शरण माविको अवलोकन भ्रमण पछि अन्तर्क्रियाको शुरुमा शिक्षा अभियन्ता टीका भट्टराईले विद्यालयमा के देखियो भन्ने समूहकार्य गराई त्यसबाट शिक्षाका सवालमा पत्रकारहरुको ध्यान तान्नुभयो । त्यसक्रममा शिक्षाको उपयोगिताका बारेमा शिक्षाविद् ज्याक डेलर्सले अगाडि सारेका अवधारणाबारे छलफल भयो । इतिहास आधारित विभिन्न विषयका अनुसन्धानकर्ता लोकरञ्जन पराजुलीले जङ्गबहादुरका पालादेखिको नेपालको शिक्षाको इतिहास खोतल्दै शासकहरुले संधै शिक्षामा राजनीति गर्नु हुन्न भन्दै शिक्षाको राजनीति गरेको कुरा बताउँदै शिक्षा राजनीतिक कुरा भएको बताउनुभयो । त्यसैगरी त्रिभुवन विश्वविद्यालयका प्राध्यापक पेशल खनालले सरकार र दाताहरुले सार्वजनिक वृत्तमा रहनुपर्ने शिक्षालाई घुमारो पारामा निरुत्साहित गर्ने नीतिहरु बनाएर र व्यवहार गरेर सार्वजनिक शिक्षाको निजीकरण गर्दै लगेका छन् भन्ने विषयमा छलफल गर्नुभयो । समता र सामाजिक न्यायका दुष्टिले शिक्षा व्यवस्थालाई हेर्नुपर्नेमा प्रा. खनालले जोड दिनुभयो । डा. रघु मैनालीले शिक्षाका सवाललाई हेर्ने दृष्टि बदल्दा ती सवालहरु फरक देखिने तथा रिपोर्टिङ र समाचारहरु रुचीपूर्ण बनाउन सकिने कुरा गर्नुभयो ।