आधारभूत तहका शिक्षकमा वातावरणका बारेमा स्पष्ट अवधारणाको विकास गरी वातावरण संरक्षणका अभ्यास र व्यावहारिक प्रयोग सहित विद्यालयमा सिकाइ क्रियाकलाप गर्न उत्प्रेरित बनाउनका लागि चन्द्रनगर गाउँपालिकामा रहेका विद्यालयका शिक्षकलाई वातावरणीय अभिमुखीकरण गरियो । संसारभरी नै मानवीय गतिविधिका कारणले वातावरणीय संकट बढ्दै गएको हुनाले यो संकटलाई शिक्षाले सम्बोधन गर्नका लागि पाठ्यक्रममा नै वातावरणका संकट र समाधानका उपाय समावेश गरिन थालेको देखिन्छ । नेपालमा पनि एकीकृत पाठ्यक्रमले वातावरण र दिगो विकासका लागि हाम्रो सेरोफेरो, मेरो सामाजिक अध्ययन, स्वास्थ्य तथा सिर्जनात्मक कला, विज्ञान जस्ता विषयमा वातावरण र स्वास्थ्यका कुराहरू उल्लेख गरिएको छ । ती वातावरण सम्बन्धी पाठहरुलाई प्रभावकारी शिक्षणका लागि वातावरण, वातावरणीय संकटका मुख्य कारण र वातावण जोगाउनका लागि व्यक्तिले खेल्न सक्ने भूमिकाका बारेमा अवधारणा स्पष्ट बनाउन अभिमुखीकरणले मद्दत गरेको अनुभव सहभागी शिक्षकहरुले व्यक्त गरे ।