मकवानपुरगढी गाउँपालिकामा शिक्षा नीति तथा अभ्यास केन्द्रको बाल तथा वातावरणका लागि अभिभावक जागरण कार्यक्रम अन्तर्गत विद्यालयमा वातावरणीय पाठहरुको शिक्षणमा सुधार ल्याउने उद्देश्यले शिक्षकहरुका लागि वातावरणीय शिक्षा अभिमुखीकरण कार्यक्रम गरियो । गाउँपालिकामा रहेका १३ विद्यालयका १७ जना शिक्षक यस कार्यक्रममा सहभागी हुनुभयो । कार्यक्रममा पृथ्वीको तापमानमा बृद्धि, तामान बृद्धिमा कार्बनको भूमिका, कार्बन चक्र, जल चक्र तथा वातावरणीय अनुकूलनका लागि बोटविरुवाको भूमिकाका बारेमा छलफल गरिएको थियो । त्यसैगरी प्राथमिक तहका पाठ्यक्रममा रहेका वातावरण, जलवायु परिवर्तन र बोटविरुवा सम्बन्धि पाठहरु र तीनको प्रभावकारी शिक्षणका बारेमा छलफल भएको थियो ।