भोट कसलाई ?  जसले शिक्षा मेरो प्राथमिकताभन्छ, उसलाई !!विद्यालय शिक्षा विधेयक कहिले आउँछ ?When will the School Education Bill be passed ?

शिक्षकका लागि वातावरणीय शिक्षा अभिमुखीकरण

M.Gadhi photo

मकवानपुरगढी गाउँपालिकामा शिक्षा नीति तथा अभ्यास केन्द्रको बाल तथा वातावरणका लागि अभिभावक जागरण कार्यक्रम अन्तर्गत विद्यालयमा वातावरणीय पाठहरुको शिक्षणमा सुधार ल्याउने उद्देश्यले शिक्षकहरुका लागि वातावरणीय शिक्षा अभिमुखीकरण कार्यक्रम गरियो । गाउँपालिकामा रहेका १३ विद्यालयका १७ जना शिक्षक यस कार्यक्रममा सहभागी हुनुभयो । कार्यक्रममा पृथ्वीको तापमानमा बृद्धि, तामान बृद्धिमा कार्बनको भूमिका, कार्बन चक्र, जल चक्र तथा वातावरणीय अनुकूलनका लागि बोटविरुवाको भूमिकाका बारेमा छलफल गरिएको थियो । त्यसैगरी प्राथमिक तहका पाठ्यक्रममा रहेका वातावरण, जलवायु परिवर्तन र बोटविरुवा सम्बन्धि पाठहरु र तीनको प्रभावकारी शिक्षणका बारेमा छलफल भएको थियो ।

←